निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको निर्णय स्वीकार्छौँ : केपी शर्मा ओली
प्रकाशित मिति: बिहिबार, फाल्गुण २८, २०८२ | १५:२०:३०
चितवन, २८ फाल्गुण। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताउनुभएको छ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई आफू र पार्टीले स्वीकार गर्ने उल्लेख गर्नुभएको हो।
उहाँले आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको बताउनुभएको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २८, २०८२ |
१५:२०:३०
1277

















