आज चैते दसैँको घटस्थापना
प्रकाशित मिति: बिहिबार, चैत्र ०५, २०८२ | १०:२९:३३
चितवन, ०५ चैत्र । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु भएको छ ।
चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।
चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । उनले आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको बताए ।
यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०५, २०८२ |
१०:२९:३३
2377



















