विद्युत् विस्तारसँगै भोजपुरका विद्यालय प्रविधिमैत्री बन्दै
प्रकाशित मिति: शुक्रबार, चैत्र ०६, २०८२ | १२:४७:४५
चितवन, ०६ चैत्र । भोजपुरका ग्रामीण क्षेत्रमा विद्युत् सेवा विस्तार भएसँगै विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएको छ।
केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक सामग्री प्रयोग गर्न नसक्ने विद्यालयहरूले अहिले कम्प्युटर, प्रोजेक्टर र इन्टरनेटको प्रयोग गर्दै पठनपाठन गरिरहेका छन्।
दुर्गम बस्तीमा विद्युत् पुगेपछि डिजिटल माध्यमबाट पढाइ सुरु भएको हो।
यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार प्रविधिको प्रयोगले शिक्षकलाई विषयवस्तु स्पष्ट रूपमा प्रस्तुत गर्न र विद्यार्थीलाई सजिलै बुझ्न मद्दत पुगेको छ।
यद्यपि सबै विद्यालयमा अझै समान रूपमा सुविधा नपुगेको र केही स्थानमा इन्टरनेट तथा उपकरणको अभाव चुनौतीका रूपमा रहेको बताइएको छ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०६, २०८२ |
१२:४७:४५
1585






















