दार्चुलामा जुवातास खेल्दै सात जना पक्राउ, नगद ५० हजार बरामद
प्रकाशित मिति: मंगलबार, चैत्र १०, २०८२ | १४:३१:०२
चितवन, १० चैत्र । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ तल्लासैनस्थित अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेका बेला सञ्चालक ५२ वर्षीय मोहनसिंह विष्टसहित सात जनालाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूबाट नगद ५० हजार रुपैयाँ र दुई बुक तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र १०, २०८२ |
१४:३१:०२
1123


















