शान्तिपूर्ण निर्वाचनले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजिल्यायो : प्रधानमन्त्री कार्की
प्रकाशित मिति: बुधबार, चैत्र ११, २०८२ | १७:२९:४९
चितवन, ११ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले यसपटक सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ ले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधारिएको बताएकी छन्।
निर्वाचन सम्पन्न भएको अवसरमा आयोगको बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजित जलपान समारोहमा बोल्दै उनले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नआएको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरिन्। उनले आगामी निर्वाचनहरूमा पनि यही मानक कायम राख्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यसपटकको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो बनाएको छ। यसले नेपालप्रतिको सम्मान बढाएको छ। साथै, संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै लोकतन्त्रको संवर्द्धनमा पनि योगदान पुर्याएको छ।”
प्रकाशित मिति : बुधबार, चैत्र ११, २०८२ |
१७:२९:४९
4643



















