स्वास्थ्य अवस्थाका कारण ओली भर्चुअल रूपमा अदालतमा उपस्थित हुने
प्रकाशित मिति: आइतबार, चैत्र १५, २०८२ | १३:१८:३८
चितवन, १५ चैत्र । केपी शर्मा ओली लाई स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट काठमाडौँ जिल्ला अदालत मा उपस्थित गराइने भएको छ।
शनिबार पक्राउ परेका ओलीलाई म्याद थपका लागि अदालत लैजाने तयारी भए पनि हाल उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्।
उपचारमा संलग्न चिकित्सकहरूले प्रत्यक्ष रूपमा अदालत लैजान अनुमति नदिएपछि उनलाई अस्पतालबाटै भर्चुअल रूपमा उपस्थित गराउने निर्णय गरिएको स्रोतले जनाएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र १५, २०८२ |
१३:१८:३८
1079



















