गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई नागरिकमैत्री र पारदर्शी सेवा दिने निर्देशन
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०८२ | १४:४५:२१
चितवन, १८ चैत्र । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा सुनिश्चित गर्न निर्देशन दिएका छन्। आज जिल्ला प्रहरी परिसर काठमाडौँको स्थलगत निरीक्षण गर्दै उनले सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्तो सेवा प्रदान गर्न सचेत गराएका हुन्।
मन्त्री गुरुङले प्रहरी सेवामा प्रविधिको उपयोग बढाउने विषयमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। निरीक्षणका क्रममा उनले परिसरमा भइरहेको काम–कारबाही, सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएका थिए, परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२ |
१४:४५:२१
1277

























