रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच उपसभामुख पद र राजनीतिक रणनीतिमा छलफल
प्रकाशित मिति: शनिबार, चैत्र २१, २०८२ | १७:३५:०१
चितवन, २१ चैत्र । रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ।
लामिछानेको निवासमा करिब एक घण्टा चलेको भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति र आगामी राजनीतिक दिशालगायत समसामयिक विषयमा छलफल भएको थियो।
भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै शाहीले फेसबुकमा लेखेका छन्, “विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।”
प्रकाशित मिति : शनिबार, चैत्र २१, २०८२ |
१७:३५:०१
1057

























