काठमाडौँमा जुवातास खेल्दै १९ जना पक्राउ, लाखौँ रुपैयाँ र तास बरामद
प्रकाशित मिति: शनिबार, चैत्र २१, २०८२ | १७:४३:०४
चितवन, २१ चैत्र । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६, सिमलटारका ५२ वर्षीय मैते तामाङसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
तामाङको घरमा शुक्रबार राति जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
पक्राउ परेकाहरूको साथबाट नगद ६ लाख २७ हजार ५०० रुपैयाँ, आठ बुक तास र २८ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, चैत्र २१, २०८२ |
१७:४३:०४
837























