डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०८२ | १८:२३:४९
चितवन, २२ चैत्र । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
कँडेल यसअघि रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा संलग्न रहेका व्यक्ति पनि हुन्।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारवादी सबै मुद्दामा बहस तथा पैरवीको जिम्मेवारी सम्हाल्ने महत्वपूर्ण पद हो।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०८२ |
१८:२३:४९
1079

























