सार्वजनिक यातायातको भाडा वृद्धि : यात्रुवाहकमा १६.७१%, मालवाहकमा पनि उल्लेख्य बढोत्तरी
प्रकाशित मिति: बुधबार, चैत्र २५, २०८२ | १६:५१:००
चितवन, २५ चैत्र । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा आएको उतारचढाव तथा विभिन्न आर्थिक सूचकलाई आधार मानेर नयाँ भाडादर निर्धारण गरिएको हो।
नयाँ निर्णयअनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।
यस निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा नयाँ निर्धारण गरिएको बढेको भाडादरअनुसार शुल्क तिर्नुपर्नेछ।
प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२ |
१६:५१:००
1013

















