प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् विस्तार, रास्वपाका दुई सांसद मन्त्री नियुक्त
प्रकाशित मिति: शुक्रबार, चैत्र २७, २०८२ | १५:३५:२७
चितवन, २७ चैत्र । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उहाँको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
उद्योगमन्त्रीमा गौरी कुमारी र श्रममन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियुक्त भएका दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन्।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन्।
यसअघि बिहीबार प्रधानमन्त्री शाहले दीपककुमार साहलाई श्रममन्त्री पदबाट हटाउनुभएको थियो। उद्योग मन्त्रालय भने सुरुदेखि नै प्रधानमन्त्री शाहले आफैंसँग राख्दै आउनुभएको थियो।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०८२ |
१५:३५:२७
3323



















