होटल व्यवसायी महासंघमा नयाँ नेतृत्व: टी. आर. भण्डारी (शंकर) अध्यक्षमा निर्वाचित
चितवन, २८ चैत्र । होटल व्यवसायी महासंघको अध्यक्ष पदमा टी. आर. भण्डारी (शंकर) निर्वाचित भएका छन् । निर्वाचित भएपछि उनले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यक्तित्व, निर्वाचन मण्डल तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
अध्यक्ष भण्डारीले आफूलाई दिइएको जिम्मेवारीलाई विश्वास र अपेक्षाको परिणामका रूपमा लिँदै यसलाई उच्च सम्मानका साथ आत्मसात् गर्ने बताएका छन्। उनले महासंघलाई अझ सुदृढ, समावेशी र प्रभावकारी बनाउन पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैली अपनाउने प्रतिबद्धता जनाएका छन्।
उनले आगामी दिनमा सम्पूर्ण सदस्यहरूको हित, अधिकार र पेशागत उन्नयनलाई केन्द्रमा राख्दै सहकार्य, समन्वय र एकताको भावनासहित अगाडि बढ्ने अठोट व्यक्त गरेका छन्।
अध्यक्ष भण्डारीले निरन्तर साथ, सुझाव र मार्गदर्शनको अपेक्षा राख्दै सबैप्रति पुनः धन्यवाद ज्ञापन गरेका छन्।


















