सभामुख डोलप्रसाद अर्यालद्वारा निष्पक्ष र जनकेन्द्रित काम गर्ने प्रतिबद्धता
प्रकाशित मिति: आइतबार, चैत्र २९, २०८२ | १७:४९:०४
चितवन, २९ चैत्र । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका हितमा तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासङ्घले आज काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कानुन निर्माण तथा कार्यान्वयनमा निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो।
उहाँले संविधान संशोधन तथा नयाँ कानुन निर्माणलाई सहजकर्ताको भूमिकामा रहेर देश र जनतालाई केन्द्रमा राखी अघि बढाउने उल्लेख गर्नुभयो। “विकास, समृद्धि र खुसी तत्काल प्राप्त हुनुपर्छ,” भन्दै उहाँले सबैले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ प्रक्रियाबाट कानुन निर्माण अघि बढाउने र बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका लागि सरकारलाई निरन्तर झक्झक्याउने पनि उहाँले बताउनुभयो।
प्रकाशित मिति : आइतबार, चैत्र २९, २०८२ |
१७:४९:०४
771























