‘खील निकाल्ने वर्ष’ भन्दै रवि लामिछानेको सन्देश, नयाँ वर्ष २०८३ मा सहनशीलताको कामना
प्रकाशित मिति: मंगलबार, बैशाख ०१, २०८३ | १३:३०:४१
चितवन, ०१ बैशाख । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’ को रूपमा व्याख्या गरेका छन्।
नयाँ वर्षको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आगामी वर्ष पीडादायी भए पनि सहने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।”
उनको यो अभिव्यक्तिलाई पछिल्ला दिनमा पुराना राजनीतिक दलका नेता र व्यवसायीमाथि भइरहेको कारबाहीप्रति संकेतका रूपमा बुझिएको छ।
सभापति लामिछानेले आफ्नो र पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना समेत व्यक्त गरेका छन्।
प्रकाशित मिति : मंगलबार, बैशाख ०१, २०८३ |
१३:३०:४१
1673

















