उपचारकै क्रममा ट्राफिक प्रहरी निरीक्षकको मृत्यु
प्रकाशित मिति: मंगलबार, बैशाख ०१, २०८३ | १५:४३:३६
चितवन, ०१ बैशाख । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, बैशाख ०१, २०८३ |
१५:४३:३६
1497


















