अवैध सट्टेबाजी नियन्त्रणमा कडाइ: १० हजारभन्दा बढी एप र वेबसाइट बन्द
प्रकाशित मिति: बुधबार, बैशाख ०२, २०८३ | १७:१६:५८
चितवन, ०२ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरण ले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको जनाएको छ। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा यस्तो कदम चालिएको हो।
प्राधिकरणका अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै एप तथा वेबसाइट बन्द गरेको छ। यस्ता प्लेटफर्महरूको पहिचान र बन्द गर्ने काम निरन्तर जारी रहेको बताइएको छ।
सरकारले नागरिकलाई यस्ता अवैध गतिविधिबाट टाढा रहन आग्रह गर्दै उल्लङ्घन गरेमा कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ०२, २०८३ |
१७:१६:५८
507



















