एक महिनामा काठमाडौंमा १,१६६ मुद्दा दर्ता, आर्थिक अपराध सबैभन्दा बढी
प्रकाशित मिति: बिहिबार, बैशाख ०३, २०८३ | ८:४२:२८
चितवन, ०३ बैशाख । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनाको अवधिमा (९ चैतसम्म) कुल १ हजार १६६ वटा मुद्दा दर्ता गरेको जनाएको छ।
दर्ता भएका मुद्दामध्ये जघन्य अपराधका २१४ वटा रहेका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६ वटा मुद्दा रहेका छन्।
यस्तै, आर्थिक अपराधका मुद्दा सबैभन्दा बढी ५६४ वटा दर्ता भएका छन् भने अन्य प्रकृतिका ३४२ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
उक्त तथ्यांकले काठमाडौंमा आर्थिक अपराधको दर उच्च रहेको देखाएको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०३, २०८३ |
८:४२:२८
661



























