पर्सामा नागरिकता लिँदै राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक सुरु
प्रकाशित मिति: बिहिबार, बैशाख ०३, २०८३ | १४:३३:२०
चितवन, ०३ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता लिने सेवाग्राहीका लागि सहज सेवा सुरु गरेको छ।
अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक लिने व्यवस्था गरिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सेवाग्राहीलाई दोहोरो प्रक्रियाबाट मुक्त गर्न अतिरिक्त स्टेशन थप गरेर सो सेवा सुरु गरिएको हो।
अब सेवाग्राहीले करिब १० मिनेट समय दिएर बायोमेट्रिक दिएपछि राष्ट्रिय परिचयपत्रको प्रक्रिया पनि सँगै अगाडि बढ्नेछ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०३, २०८३ |
१४:३३:२०
287



















