राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार चयन
प्रकाशित मिति: बिहिबार, बैशाख ०३, २०८३ | १८:००:०५
चितवन, ०३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न संसदीय समितिका सभापतिका लागि उम्मेदवार चयन गरेको छ।
आज बसेको संसदीय दलको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
साथै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचनलाई अघि सारिएको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०३, २०८३ |
१८:००:०५
89


























