जेनजी आन्दोलनका बेला फरार कैदी मिङमार शेर्पा पक्राउ
प्रकाशित मिति: आइतबार, बैशाख ०६, २०८३ | ९:३३:३९
चितवन, ०६ बैशाख । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोलुखुम्बुको दूधकुण्ड–६, सल्लेरी निवासी २७ वर्षीय मिङमार शेर्पा लाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीबाट पक्राउ गरिएको हो।
बलात्कार मुद्दामा कारागार चलान भएका उनी आन्दोलनका बेला भागेर मुलपानी क्षेत्रमा लुकेर बस्दै आएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख ०६, २०८३ |
९:३३:३९
155























