सङ्घीय संसद् अधिवेशन स्थगित, राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस स्वीकृत
प्रकाशित मिति: बिहिबार, बैशाख १०, २०८३ | १७:५१:३३
चितवन, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सरकारको सिफारिसअनुसार अधिवेशन स्थगित गरिएको हो। यसअघि वैशाख ९ गते राष्ट्रपतिले वैशाख १७ का लागि अधिवेशन आह्वान गरेका थिए।
तर, अधिवेशन रोक्न सरकारले वैशाख १० गते राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। उक्त पत्रमा अधिवेशन पुनः कहिले बोलाइने भन्ने मिति उल्लेख नगरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिको कार्यालयले अधिवेशन आह्वानको सूचना जारी गरेको थियो।
प्रकाशित मिति : बिहिबार, बैशाख १०, २०८३ |
१७:५१:३३
485























