नेपाली कांग्रेस संसदीय दलको विधान पारित, अनुमोदनका लागि पत्राचार
प्रकाशित मिति: बिहिबार, बैशाख १०, २०८३ | १८:२६:१७
चितवन, १० बैशाख । नेपाली कांग्रेस संसदीय दलको विधान पारित गरिएको छ। आज बसेको संसदीय दलको बैठकले उक्त विधान पारित गरेको हो।
विधान पारित भएसँगै अनुमोदनका लागि पार्टी कार्यालयमा पत्राचार गरिएको सांसद बासना थापाले जानकारी दिइन्। उनका अनुसार निर्वाचन प्रक्रिया समेत अघि बढिसकेको छ।
उनले भनिन्, “अनुमोदनका लागि आज पत्राचार गरिएको छ। निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। मतदाताको अन्तिम नामावली पनि प्रकाशन भइसकेको छ र सर्वसम्मतिको प्रयास भइरहेको छ। कति जना उम्मेदवार हुन्छन्, त्यसपछि थप प्रक्रिया अघि बढ्छ।”
प्रकाशित मिति : बिहिबार, बैशाख १०, २०८३ |
१८:२६:१७
89






















