कांग्रेस संसदीय दलको नेता चयन आज, केसी र आङ्देम्बेबीच मुख्य प्रतिस्पर्धा
प्रकाशित मिति: शुक्रबार, बैशाख ११, २०८३ | ८:३३:३९
चितवन, ११ बैशाख । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। साथै मोहन आचार्य र निष्कल राईलगायतका नेताहरूको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।
प्रतिनिधि सभामा कांग्रेसका कुल ३८ सांसद रहेका छन्, जसले संसदीय दलको नेता चयनका लागि मतदान गर्नेछन्।
प्रकाशित मिति : शुक्रबार, बैशाख ११, २०८३ |
८:३३:३९
441



























