जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षित स्थानान्तरण तीव्र
प्रकाशित मिति: आइतबार, बैशाख १३, २०८३ | १७:४५:१७
चितवन,१३ बैशाख । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य प्रभावकारी रूपमा अगाडि बढाइएको छ।
सहारा नभएका तथा वास्तविक समस्यामा परेका नागरिकहरूको हकमा सरकारले अर्को स्थायी व्यवस्था नभएसम्मका लागि होटल तथा लजमा बसोबास, भोजन लगायतका आधारभूत सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
सहयोग आवश्यक परेका नागरिकहरूले कार्यक्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहायता लिन सक्नेछन्।
साथै, नागरिकहरूको सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्म ढुवानी गर्ने व्यवस्था पनि गरिएको छ। रंगशालामा अभिलेख राखिसकेपछि सम्बन्धित होटल तथा लजसम्म यातायातसहित बसोबासको व्यवस्था गरिने सहरी विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख १३, २०८३ |
१७:४५:१७
265

























