स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा नेपाली निर्भरता तीव्र
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०८३ | १८:०९:०५
चितवन , १४ बैशाख । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ अनुसार स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो छ।
चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार देशमा बेरोजगारी दर १२.६ प्रतिशत पुगेको छ। पछिल्लो दशकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या वार्षिक औसत २८.६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार श्रमिकले श्रम स्वीकृति लिएका छन्। चालु आर्थिक वर्ष १२ चैतसम्म ५ लाख ५७ हजार नेपाली विदेश जान श्रम स्वीकृति लिइसकेका छन्।
सरकारले वैदेशिक रोजगारीले विप्रेषणमार्फत अर्थतन्त्रमा योगदान दिए पनि दीर्घकालमा दक्ष जनशक्ति अभाव र मानव पूँजी ह्रासको जोखिम बढाएको जनाएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख १४, २०८३ |
१८:०९:०५
309


























