प्रधानमन्त्री वालेन्द्रको सन्देश: बुद्धको मार्ग नै दुःख निवारणको बाटो
प्रकाशित मिति: शुक्रबार, बैशाख १८, २०८३ | ११:४७:११
चितवन, १८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बुद्धले देखाएको मार्ग दुःख निवारणको बाटो भएको उल्लेख गरेका छन्। “जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,” उनले लेख्दै ज्ञानको उज्यालोको खोज र समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
उनले नेपाललाई बुद्धको जन्मभूमि भन्दै सधैं अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गरेका छन्। साथै, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,” भन्ने सन्देशमार्फत ज्ञानको महत्वलाई औंल्याएका छन्।
प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३ |
११:४७:११
595





















