सुनचाँदीको मूल्यमा वृद्धि: सुन तोलामा २ लाख ९६ हजार नाघ्यो
प्रकाशित मिति: शुक्रबार, बैशाख १८, २०८३ | ११:४९:२१
चितवन, १८ वैशाख । आज सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३४ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि १३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३ |
११:४९:२१
309





















