बल्खु वंशीघाटका हटाइएका सुकुम्बासीमध्ये ५० परिवारले दशरथ रंगशालामा नाम टिपाए
प्रकाशित मिति: शुक्रबार, बैशाख १८, २०८३ | १७:५७:०६
चितवन , १८ बैशाख । काठमाडौँको बल्खु र वंशीघाट क्षेत्रबाट हटाइएका सुकुम्बासीमध्ये शुक्रबार दिउँसोसम्म ५० घरपरिवारले दशरथ रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।
घरजग्गा तथा पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरूले नाम टिपाएका हुन्।
शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति र महानगर प्रहरीले संयुक्त रूपमा विवरण संकलन गरिरहेका छन्।
संकलनपछि स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श गरेर उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा पठाउने तयारी गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३ |
१७:५७:०६
111






















