मेची भन्सार कार्यालयको राजश्व १३ अर्ब नाघ्यो, लक्ष्यको करिब ७० प्रतिशत मात्र पूरा
प्रकाशित मिति: शनिबार, बैशाख १९, २०८३ | १२:१४:५०
चितवन , १९ बैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ६९.८३ प्रतिशत मात्र हो।
कार्यालयका अनुसार चालु आवमा १८ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजश्व उठाउने लक्ष्य निर्धारण गरिएको छ। चैत महिनामा मात्रै १ अर्ब ६० करोडभन्दा बढी संकलन भएको छ, जुन सो महिनाको लक्ष्यको ९४ प्रतिशतभन्दा बढी हो।
मासिक तथ्यांक हेर्दा साउनदेखि फागुनसम्म राजश्व संकलन क्रमशः उतारचढावसहित भइरहेको देखिन्छ।
प्रकाशित मिति : शनिबार, बैशाख १९, २०८३ |
१२:१४:५०
1


















