पुराना २९ लाख लाइसेन्समध्ये १२ लाख छापिए, थप १७ लाख छपाइ जारी
प्रकाशित मिति: आइतबार, बैशाख २०, २०८३ | १६:३५:०७
चितवन , २० बैशाख । ट्रायल पास गरी नवीकरणका लागि राजस्व बुझाएर प्रतीक्षामा रहेका २९ लाख पुराना सवारी चालक अनुमतिपत्रमध्ये १२ लाख छापिसकिएको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच १२ कात्तिकमा भएको सम्झौताअनुसार पहिलो चरणमा यी स्मार्ट लाइसेन्स छापिएका हुन्।
दोस्रो चरणअन्तर्गत ४ वैशाखमा भएको सम्झौताअनुसार थप १७ लाख लाइसेन्स छाप्ने काम सुरु भइसकेको छ। यसमध्ये हालसम्म ५ हजार १ सय १ लाइसेन्स छापिएका छन् भने ५४ हजार ८ सय ६१ लाइसेन्स छपाइ प्रक्रियामा रहेका छन्।
केन्द्रका अनुसार हालसम्म ३७ हजार ८ सय ८६ आपत्कालीन तथा ट्रायल पास गरी दैनिक राजस्व बुझाएका ३६ हजार १ सय ४० लाइसेन्स छापिएका छन्। देशभरका ४२ यातायात व्यवस्था कार्यालयबाट औसतमा दैनिक करिब ४ हजारको दरले नयाँ डेटा आउने गरेको छ।
प्रकाशित मिति : आइतबार, बैशाख २०, २०८३ |
१६:३५:०७
463


























