मन्त्रालय मर्ज र खारेजको खाकामा छलफल गर्न मन्त्रिपरिषद् बैठक आज
प्रकाशित मिति: सोमबार, बैशाख २१, २०८३ | ९:१४:२३
चितवन, २१ बैशाख । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्ने भएको छ। बैठकमा मन्त्रालयहरू गाभ्ने र खारेज गर्ने प्रस्तावित खाकाबारे विस्तृत छलफल हुने बताइएको छ।
सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई एकआपसमा गाभेर नयाँ नामकरण गर्ने तयारीलाई तीव्रता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार हालका चार मन्त्रालय खारेज गर्ने योजना अघि बढाइएको छ भने थप ६ मन्त्रालयको नाम परिवर्तन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
यससम्बन्धी खाका तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले संघीय तहमा १७ मन्त्रालय कायम गर्ने प्रस्ताव सरकारसमक्ष पेश गरिसकेको छ।
प्रकाशित मिति : सोमबार, बैशाख २१, २०८३ |
९:१४:२३
529




















