नेपाल राष्ट्र बैंकद्वारा ७ अर्ब ३० करोड निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्ने निर्णय
प्रकाशित मिति: सोमबार, बैशाख २१, २०८३ | १६:२३:१२
चितवन, २१ बैशाख । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषअन्तर्गतको ७ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रूपमा राख्ने निर्णय गरेको छ।
केन्द्रीय बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको निक्षेप रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्दै वैशाख २३ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
जम्मा रकममध्ये ५ अर्ब ८४ करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १ अर्ब ९ करोड ५० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३६ करोड ५० लाख रुपैयाँ राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरूमा राखिनेछ ।
राष्ट्र बैंकका अनुसार यस निक्षेपको ब्याजदर त्रैमासिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २१, २०८३ |
१६:२३:१२
155























