संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज, गुनासो सुनुवाइको नयाँ व्यवस्था लागू
प्रकाशित मिति: मंगलबार, बैशाख २२, २०८३ | १५:०७:०२
चितवन, २२ बैशाख । सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरेको छ ।
संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा रहेको कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएपछि सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले पेशागत हक–हितका लागि युनियन गठन गर्न पाउने व्यवस्था अन्त्य भएको हो ।
यसको सट्टामा कर्मचारीका गुनासो र समस्या सुनुवाइ गर्ने वैकल्पिक व्यवस्था लागू गरिएको जनाइएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २२, २०८३ |
१५:०७:०२
23






















