हुलाकमार्फत सरकारी कागजात घरमै: १९ जिल्लामा सेवा सुरु
प्रकाशित मिति: मंगलबार, बैशाख २२, २०८३ | १७:५८:२६
चितवन, २२ बैशाख । सरकारले सार्वजनिक सेवालाई सहज बनाउन हुलाक सेवामार्फत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ। हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ।
शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिक बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने योजना अघि बढाइएको हो। यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा विभिन्न सरकारी निकायहरूबीच समन्वय भइरहेको छ।
कार्यक्रम सुरु भएदेखि हालसम्म ३ हजारभन्दा बढी राहदानी ढुवानी गरिएको छ भने सयौँ सेवाग्राहीले घरमै राहदानी प्राप्त गरिसकेका छन्। साथै, शैक्षिक प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रसमेत घरमै पुर्याउने सेवा विस्तार भइरहेको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख २२, २०८३ |
१७:५८:२६
67

























