बाढीले अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०८३ | ११:०१:५९
चितवन, २४ बैशाख । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
वर्षासँगै रोशी खोलामा पानीको बहाव बढेपछि वैशाख २१ गते अपराह्नदेखि राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो ।
रोशी गाउँपालिका–७ घुमाउने नजिक बाढीले बगाएको डाइभर्सन मर्मत गरेपछि बिहीबार बिहानदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले जारी गरेको सूचनामा लेन अनुशासन कायम गर्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४, २०८३ |
११:०१:५९
133





















