परराष्ट्रमन्त्री खनाल र सार्क महासचिवबीच भेट, क्षेत्रीय सहकार्यबारे छलफल
प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०८३ | १५:५३:३४
चितवन, २४ बैशाख । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्री खनालको कार्यकक्षमा भएको भेटमा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४, २०८३ |
१५:५३:३४
309
























