झापाको मेचीनगरमा दिउँसै १८ लाखभन्दा बढीको चोरी
प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०८३ | १५:५४:५४
चितवन, २४ बैशाख । झापाको मेचीनगर नगरपालिकामा दिउँसै करिब १८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–६ प्लटिङ निवासी रुद्र बुढाथोकीको घरबाट बुधबार नगद तथा सुनका गरगहना चोरी भएको हो । परिवार घरमा नभएको मौका पारेर अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४, २०८३ |
१५:५४:५४
243























