लुम्बिनी सरकारले मन्त्रालयका सचिवहरूको जिम्मेवारी तोक्यो
प्रकाशित मिति: बिहिबार, बैशाख २४, २०८३ | १५:५६:२७
चितवन, २४ बैशाख । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिव तथा निकाय प्रमुखहरूको जिम्मेवारी तोकेको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार प्रदेश यातायात पूर्वाधार निर्देशनालयको निर्देशकमा अनिल मरासिनीलाई नियुक्त गरिएको छ ।
बैठकले गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र वडा नं. ५ स्थित चापटारीमा कायम गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । साथै, ‘अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २४, २०८३ |
१५:५६:२७
111























