नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार करिब २ अर्ब ९३ करोड
चितवन, २४ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से ६ दशमलव ९४ अङ्कले बढेर दुई हजार ७१८ दशमलव १६ विन्दुमा पुगेको हो ।
आज ३३४ कम्पनीका ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, व्यापार र अन्य समूहका उपसूचक बढेका छन् । व्यापार समूह सबैभन्दा बढी १ दशमलव ५७ प्रतिशतले उकालो लागेको छ ।
यता वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहका उपसूचकमा गिरावट आएको छ ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १७ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शेयर संख्या आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको छ ।























