मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत
प्रकाशित मिति: सोमबार, बैशाख २८, २०८३ | १३:२७:५८
चितवन, २८ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरिएको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम अनुमोदन गरेको हो ।
स्वीकृत कार्यक्रम आज राष्ट्रपति Ramchandra Paudelले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
सरकारका प्रवक्ता सस्मित पोख्रेलका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले वैशाख २८ गते दिउँसो ४ बजे संयुक्त सदनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २८, २०८३ |
१३:२७:५८
243




















