विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
प्रकाशित मिति: सोमबार, बैशाख २८, २०८३ | १८:२४:०५
चितवन, २८ बैशाख । विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश Shrikanta Paudelको एकल इजलासले उक्त आदेश जारी गर्दै सरकारका नाममा कारण देखाऊ आदेशसमेत दिएको हो ।
इजलासले अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २८, २०८३ |
१८:२४:०५
111
























