नेप्सेमा सामान्य गिरावट, कारोबार २ अर्ब ८० करोड माथि
चितवन, ३० बैशाख । आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको हो। मंगलबार नेप्से ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा बन्द भएको थियो।
आज ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा कुल २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सर्वाधिक नाफा कमाउने कम्पनी एसियन हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ। त्यसपछि एसवाई प्यानल नेपाल, हिमालयन बैंक लिमिटेड बोण्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२ र सेञ्चुरी डिबेञ्चर २०८८ बढी नाफा कमाउने कम्पनीको सूचीमा रहेका छन्।





















