प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त
प्रकाशित मिति: बुधबार, बैशाख ३०, २०८३ | १७:००:५५
चितवन, ३० बैशाख । सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई सचिव पदमा नियुक्त गरेका हुन्।
यसअघि प्रतिनिधिसभाका सचिव हर्कराज राई मंगलबार पदमुक्त भएका थिए।
प्रकाशित मिति : बुधबार, बैशाख ३०, २०८३ |
१७:००:५५
221



















