लुम्बिनी प्रदेश मा मन्त्रालय संख्या १२ बाट ८ मा झारिने
प्रकाशित मिति: शुक्रबार, जेठ ०१, २०८३ | १८:२२:३३
चितवन, ०१ जेठ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको छ । नयाँ व्यवस्था आगामी आर्थिक वर्ष २०८३/०८४ को साउन १ गतेदेखि लागू हुनेछ ।
प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर प्रशासनिक सुधार, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई थप छरितो बनाउने लक्ष्य लिएको जनाएको छ । यस विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिने तयारी गरिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्य ले मन्त्रालयसँगै मातहतका निर्देशनालय र कार्यालयहरूको समायोजन प्रक्रिया पनि असार १५ देखि २० गतेभित्र टुंग्याइने जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०१, २०८३ |
१८:२२:३३
221






















