एमाले सचिवालय बैठक जारी
प्रकाशित मिति: सोमबार, जेठ ०४, २०८३ | १४:५६:५५
चितवन, ०४ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा जारी छ। बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजनलाई मुख्य एजेन्डाका रूपमा राखिएको छ।
यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको नेताहरूले बताएका छन्। बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न बस्ने केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने तयारी गरेको छ।
त्यस्तै, सरकारले हटाएका सुकुम्बासीहरूको व्यवस्थापन, पछिल्ला सरकारी गतिविधि तथा त्यसले जनतामा पारेको प्रभावबारे समेत बैठकमा छलफल भइरहेको बताइएको छ।
प्रकाशित मिति : सोमबार, जेठ ०४, २०८३ |
१४:५६:५५
309





















