प्रतिनिधिसभामा फेरि हर्क साम्पाङको विरोध, पोस्टर देखाएर ध्यानाकर्षण
प्रकाशित मिति: मंगलबार, जेठ ०५, २०८३ | १२:०५:४२
चितवन, ०५ जेठ । प्रतिनिधिसभाको बैठक जारी रहेका बेला श्रम संस्कृति पार्टीले आज पनि पोस्टर प्रदर्शन गर्दै विरोध जनाएको छ ।
बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उभिएका थिए । त्यसपछि सभामुखले विषयप्रति ध्यानाकर्षण भएको जानकारी गराएपछि उनी बसेका हुन् ।
यसअघि सोमबारको बैठकमा पनि श्रम संस्कृति पार्टीले यस्तै शैलीमा विरोध प्रदर्शन गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, जेठ ०५, २०८३ |
१२:०५:४२
243




















