लगनखेलबाट नक्कली नोटसहित १९ वर्षीय युवक पक्राउ
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३ | १७:५६:३७
चितवन, १० जेठ । ललितपुरको लगनखेलबाट नक्कली नेपाली नोटको कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय लगनखेलको टोलीले सिरहा लहान नगरपालिका–१५ का १९ वर्षीय सुरज राईलाई लगनखेल बसपार्कबाट पक्राउ गरेको हो।
उनको साथबाट ५०० दरका आठ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : आइतबार, जेठ १०, २०८३ |
१७:५६:३७
199
























