सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३ | १३:४८:३५
चितवन, ११ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेठ ११, २०८३ |
१३:४८:३५
265






















