प्रधानमन्त्री बालेन र ईयू देशका राजदूतबीच आज उच्चस्तरीय छलफल
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ | १०:०४:२०
चितवन, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त भेटमा आपसी सम्बन्ध, सहकार्य र नेपालको समसामयिक प्राथमिकताका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल–ईयू सम्बन्धलाई अझ सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विशेष जोड दिइनेछ।
प्रकाशित मिति : मंगलबार, जेठ १२, २०८३ |
१०:०४:२०
155






















